Pratima Sharma ( Advocate)

 My body my right 

Fighting for Equal Power Relation, Self-respect and Social Justice

I am working as a freelancer specially in developing training manual, facilitating training, conducting monitoring and evaluation, writing proposal and IEC/BCC material. And I am also leading a feminist NGO i.e. CIN. 

I am more than 25 years experienced in project designing, planning, implementing, reporting and managing it in community level as well as country level. I have already worked with various NGOs/INGOs in the areas of Sexual Reproductive Health Rights of women, empowering literacy, livelihood development, social mobilization and desgining a training module, manual and facilitating training from rights based approach and feminist perspective. I have already worked with Pact International in Women Empowerment Program by focusing Empowering Literacy, Legal Education and Economic Empowerment (WEP) funded by USAID. Similarly I have worked with Samjhauta Nepal in young people’s SRHR project funded by UNFPA, and I have worked with READ Nepal in Education, Social and Economic Development program funded by Bill and Melinda Gates Foundation. In addition, I have I have worked with WOREC Nepal as Program and Management Director. I have done Master degree in Sociology, attained intensive gender and social inclusion training from feminist perspective in Philippines  and one year Disaster Specialist Education Program on Psychological Counseling from JISP. 

Political Poem

1. चाइयो चाइयो 

मलाई मेरो देश चाइएको छ,
एउटा राम्रो भेष चाइएको छ,
कुटिलताको बावजुद पनि
सबैलाई जित्ने शेख चाइएको छ ।
मलाई आफ्नो देश चाइएको छ ।।
मेरो देश भन्नको लागि मलाई एउटा रेस चाइएको छ,
उसलाई उछिन्ने पेंच चाइएको छ,
यसकै निम्ती
सारादेशीको ल्याकत चाइएको छ,
मलाई मेरो देश चाइएको छ,
सबैलाई जित्ने शेख चाइएको छ ।
मलाई मेरो देश चाइएको छ ।।
१८ मे, २०१२

2. बागडोर

यो देशको बागडोर आफै समाउ जस्तो लाग्छ,
किनकी,
महिला बिरुद्ध हुदैआएका हिंसा,
युगौयुगदेखि गरिएको शोषण र
उत्पिडनका कुरा केलाउदा
होटेल र रिसोर्टमा
महिलासम्बन्धी गरिएका चर्चापरिचर्चा,
काठमाडौं काठक्षेत्रका महिलाका
अकल्पनीय पीडा र
उनीहरुले भोगेका मानसिक तथा शारीरिक यातना सुन्दा
यो मनमा आगो बल्छ र रगत तातेर आउँछ ।
आदर्श र दर्शनका कुरा गर्ने
आफुलाई महिलाकाबारेमा जानिफकार सम्झेर
लेख, निबन्ध, कथा, कबिता र गीत लेख्ने,
भाषण, मन्तब्य, गन्तय र प्रबचन दिने,
नीति, नियम, कानुन र कार्यक्रमको धर्माक्षर कोर्ने
सबैप्रति बिचरा र दयाको भाव आउँछ,
अनि,
न्यायको ठेकेदार सम्झने न्याय प्रशासन खेप्दा
भ्रष्ट नेतालाई देख्दा
छरपस्ट अधिकारकर्मीलाई भेट्दा,
लुटको सिखरमा पुगेका नीजि क्षेत्र हेर्दा,
गन्तब्यहिन युवा देख्दा
यो देशको बागडोर आफलेै समाउ जस्तो लाग्छ ।।
जनवरी २८, २०१६

3. मुर्दाबाद 
कैयन पटक खोजें
सेरोफेरो घुमेर खोजें
कसैकसैलाई, नथाकीकन खोजें,
पानापानामा खोजें
उसका बोलीको दानादानामा खोजें
खोज्दै जाँदा
भिडभाडबाट कसैलाई रोजें ।
प्रफुल्ल मुद्रामा उसको जयजयकार गर्दै हिंडें ।
तर उ त मेरो लागि होइनरैछ,
नत उ तिम्रो लागि हो,
न उसको लागि हो ।
उ त फगत
रक्त पिपासु,
यौन पिपासु,
भ्रष्ट पिपासु
पतित पिपासु र
कलंक पिपासुको लागि रहेछ ।
हो तिनै कलंक पिपासुको लागि ।
अनि यहाँ, भोकाहरु भोकै ।
नाङ्गाहरु नाङ्गै ।।
शोषितहरु शोषितै ।।।
हो त्यसैले तेरो मुर्दाबाद । मुर्दाबाद ।। अनि फेरी मुर्दाबाद ।।।

जनवरी ६, २०१६

4. उदेक
रुप एक, सार उदेक छ
बाँचा गर्दै गर्दा
अंगालोमा बेर्दैगर्दा
मनचोरहरुको बोली रुदेक छ ।
रुप एक, सार उदेक छ ।।

चाइदा जोड नचाइदा छोड
तनतनमा मन सर्दै गर्दा
रसहिन सम्बन्धहरु तोड ….
रुप एक सार उदेक छ
दिलचोरहरुको ओंठ रुदेक छ ।।

( २३ जनवरी २०१६)

Love related Poem

5. जीन्दगी 
जीन्दगीको यात्रामा धेरै जीवन जीएँ,
कहिले हाँसेर जीएँ, कहिले रोएर जिएँ,
तर जीन्दगी अर्कैको निम्ती साचेर जीएँ ।।

बालप्रेमको सागरमा जिन्दगी डुबेर जीएँ,
सुख, प्रेम र चयनमा जीन्दगी बाँचेर जीएँ,
तर जीन्दगी अर्कैको निम्ती साचेर जीएँ ।।

हिजो जिन्दगी रौनकतामा जीएँ
तिब्रगतिमा दौडेको जीवन छोट्टाएर जीएँ
आज जीन्दगी एक्लै लम्बाएर जीएँ ।।
मिति २०७१। ०२।१३  धुन्चे, रसुवा ।

6. बिभोर
मेरो गन्तब्यको यात्रामा
खै कसरी सौभाग्यले पाएँ ?
यो त मसँग जवाफ छैन,
तर यति थाहा छ,
युग दु्रतगतिले बदलिदै जाँदा
नविन यन्त्रतेन्त्रहरुले
संसारलाई सानो बनाइदिएको छ,
त्यही सानो संस्सारमा
बिशाल मनभित्र सानो तन जोडिएको छ ।
जिन्दगी किनकिन फेरी अर्कै बाटोमा मोडिएको छ ।।

हो मलाई थाहा छ
सबै अबयबहरु
गुणगुण बमोजिम खेल खेल्दछन्,
तिम्रोमेरो पनि के दोष र ?
सकेसम्म रंगिन खेल् खेल,
तर, तर
तत्तत् बमोजिम खेल्दै गर्दा,
तरल मनभित्र सानो तन जोडिएको छ ।
जिवन फेरी किनकिन अन्तकतै मोडिएको छ ।।

सोध्न मन छ, मलाई,
प्रश्नमाथि प्रश्न तिमीलाई
तर के भनेर सोधु ?
बर्षौपछि टालिएको मन,
उकालीओरीको पीडा बिर्सेर
रमाउदै गरेको अन्र्तरंग
फेरी छीयाछीया हुदै जाँदा,
टुक्राटुक्रा भएको मनभित्र एउटा तन जोडिएको छ ।
जिवन फेरी किनकिन बिचैबाट मोडिएको छ ।।
जनवरी २९, २०१५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s