नयाँ बर्षको शुभकामना

कति हेमन्त आए गए
न तिमि देखियौ न म भेटिए
उराठिलो मन बनाउदै
न्यानो बसन्तमा
पानी सुकेका खोला जस्तै
निर्दोष नयनहरू टोलाउदै गए….

कैयन बसन्तहरू फुल्दै
तिमीलाई बोलाए
झुल्दा झुल्दै म पनि बोलाईए
हाम्रो अदृस्य उपस्थितिमा
निर्दोष ओठहरु ओइलाएर गए….
खिन्न तनहरू टोलाएर गए….

एउटा चक्र रहेछ जीवन
बसन्तले सुम्पिएको शरद जस्तै
कैयन पटक रुदै बोलाए
नसुनिने गरी टालिएका कानहरू
टलपल टलपल गर्दै
रुझेका आँखाहरू
न तिम्ले पुछेउ न मैले पुछे…..
ति आफै बिलाएर गए ….

रोमान्टिक बन्दै
तप्प तप्प सित बनेर
कैयन पटक शिशिरको आगमन हुदा
फेरी पनि
न तिमि आयौ न त म आए
एक्लै एक्लै हिडेको जीवन चक्र
मन मस्तिस्कमा जीवित अस्ठबक्र
आफ्नो आफ्नो बाटोमा
लम्पसार परे
न तिमि बोलेउ न म बोले….
नबोलेरै कैयन जून अस्ताए….

अब त दर्जनौ बसन्त पछिका पालुवाहरू
तरुण बन्दै आएका छन
मन फुलाउदै, तन भुलाउदै
एकाकार भएका छन्
एक अर्काको तन्तु तन्तुमा
समाहित भएका छन्
त्यसैले
त्यसैले
यो बसन्त पछिका सबै दिनहरुमा
तिम्रो ओठमा मुस्कान आयोस
तनतनले उर्जा पायोस
तिम्रो मनभरी शान्ति छायोस
नयनले चुम्मा खायोस
मुटुभरी माया लागोस
तिम्रो जीवनमा प्रेम फुलिरहोस
पाउ पाउमा सुख आयोस र
स्वस्थाता र सम्बृद्धताले
तिम्रो स्वागत गरोस !
नयाँ बर्षको शुभकामना !!
मेरी प्राण पियारीलाई
नयाँ बर्षको शुभकामना !!!

Leave a comment